आफ्नै साथिलाई साथिले छुरा प्रहार गरि हत्या गरे

everest kitchen


भक्तपुर । भक्तपुरमा छुरा प्रहारबाट एक किशाेरकाे मृत्यस भएकाे छ । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएकाे प्रहरीले पुष्टि गरेकाे हाे ।

घटना भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको थियाे ।चाररपाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दैगर्दा सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ।

छुरा प्रहारपछि फरार रहेका मृतकको हत्यारा दुई जना साथिहरुलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।