भ्रष्टाचार नियन्त्रणमा नेपाल सुधाराेन्मुख

everest kitchen

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई०मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ ।

गएकाे एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको हाे । सुशासन हुने मुलुकहरुको वरीयताक्रममा १२२औं स्थानबाट ११३ औं स्थानमा नेपाल उक्लिएको प्रतिवेदनले देखाएकाे छ ।

बिहीबार सार्वजनिक भएको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख देखिएकाे छ । यधपी आशाअनुसारको प्रतिफल नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले विश्लेषण गरेकाे छ ।