युवाकाे पहलमा निर्माण हुनलागेको बिध्यालय भवन सांसद कर्ण द्धारा शिलान्यास

everest kitchen


काठमाडौ । प्रतिनिद्धि सभाका सदस्य सांसद पुष्पा कर्णले बिध्यालय भवनकाे शिलान्यास गरेकी छिन । उनलेे
बिरगंज महानगरपालिका( २३ प्रसौनि बिर्ता स्थित नेपाल राष्ट्रिय अधारभुत बिधालयकाे भवन शिलान्यास गरकी हुन ।

नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० का युवा नेता बिरगंजका अकलेस साहकाे बिभिन्न निकायसंगकाे पहलमा बिध्यालय भवन निर्माणको बजेट प्राप्त भएकाे हाे । बिभिन्न सरकारी तथा गैर सारकारी संस्थासंग समन्वय गरी बिभिन्न पिडितलाई सहयोग जुटाउदै अाएका अकलेसकाे यस्ताे किसिमकाे पहिलाे पहल हाे ि पहिलोपटक धेरै निकायसंग पहलकदमी गरेपछि अाफ्नाे गाउँमा प्राप्त बिध्यालय भवन निर्माणकाे बजेट अाएकाे बताउदै ,याे भवन निर्माण भएपछि बिध्यार्थीलाई पठनपाठनमा सहज हुने अकलेसले बिश्वास ब्यक्त गरे । यस क्षेत्रमा अरु नेताहरुकाे खासै चासाे नभएपछि अाफु सक्रिय रहेकाे उनले बताए ।

सबै क्षेत्रको बिकास हुनु पर्ने धारणा राख्ने अकलेसले अब अन्य सामाजिक कार्यहरु गर्ने याेजना रहेकाे हिमाल टाईम्सलाई बताए । शिलान्यासकाे अबसरमा अकलेसकाे सामाजिक सक्रियताकाे प्रसम्सा गर्दै सांसद कर्णले बधाई तथा सुभाकामना दिएकी थिईन ।