चीनकाे हुवान प्रान्तकाा नेपालीलाई सरकारले उद्धार गर्नेे, छिटाे फारम भर्न आग्रह

everest kitchen


बेइजिङ । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवान प्रान्तका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले तयारी गरेकाे छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर यस्तो जानकारी गराएकाे हाे ।

फारम भरेका बाहेक अन्यलाई नेपाल नपठाइने भएकाले सबैलाई सो समयअबधि भित्र फारम भरिसक्न दूतावासले आग्रह गरेको छ। नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख बिहान ९ बजे भित्र फारम भरिसक्नु पर्ने सर्तसहित दूतावासले सूचनामा जारि गरेकाे हाे ।

फारम भर्नेको संख्या हेरेर विमान चाटर्ड गरी स्वदेश फर्काइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ। यधपी कहिलेसम्म स्वदेश फर्काउने भन्ने बारे स्पष्ट नखुलाएपनि सङ्ख्या एकिन गरेकाे लगत्तै फर्काउने सरकारकाे तयारि रहेकाे बुझिएकाे छ ।