राष्ट्रिय झण्डासहित एक सय टिप्परकाे लस्कर रङगशाला प्रवेश

everest kitchen
photo facebook

काठमाडौ । शनिबार बालुवा बाेकेकाे एक सय टिप्परकाे लस्कर जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय गाैतमबुद्ध क्रिकेट रङगशाला अाईपुगेकाे छ ।

धादिङको गल्छी गाउँपालिकाले निर्माणाधीन क्रिकेट रंगशालालाई निःशुल्क एक सय टिप्पर वालुवा उपलब्ध गरेपछि । उक्त बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निःशुल्क ढुवानी गरिदिएको हाे । ती टिपरका अगाडि नेपालको राष्ट्रिय झण्डासहित ॅगौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ लेखेको ब्यानर झुण्डाइएको थियो ।

बालुवा लिएर आएका टिपर चालकहरुले समेत रंगशाला निर्माणमा आर्थिक सहयोग गरेका छन् । चालकहरुले रु९० हजार सहयोग गरेका छन ।भने सहयोगी सबैलाई फाउन्डेसन अध्यक्ष सिताराम कट्टेल धुर्मुसले धन्यवाद दिएका छन ।