हिमाल टाईम्सकाे मलेसियामा उद्घाटन

everest kitchen

 

मलेसिया । हिमाल टाईम्स डटकमकाे मलेसियामा उद्घाटन गरिएकाे छ । हिमाल टाईम्स डटकम र हिमालटाईम्स टिभिकाे मलेसियाको क्वालालम्पुर स्थित एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे हाे ।

मलेसिया स्थित बिभिन्न संघ सस्था , पत्रकार , श्रमिक र सराेकारवाला निकायहरुकाे बिशेष उपस्थितिमा अनलाइन पत्रिका हिमाल टाईम्स डटकम र युटुव च्यानल हिमाल टाईम्स टिभि काे एकसाथ उद्घाटन गरिएकाे छ । उद्घाटन कार्यक्रममा बिभिन्न संघ- संस्था र सराेकारवाला निकायका अतिथिहरुले सुभकामनासहित सुझापहरु दिएका थिए । हिमाल टाईम्स डटकम नेपाल भ्रमण बर्ष तथा अङ्ग्रेजी नयाँ बर्ष २०२० जनवरी १ तारिख देखि अनलाइन न्युज पाेट्रलकाे रुपमा उपलब्ध रहेकाेछ ।

त्यस्तै हिमाल टाईम्सले अनलाइनको दुनियाँमा थप्पिन भन्दा पनि केहि नयाँ आयम थप्ने जमर्कोको साथ आएकाे छ । दुु:खिकाे दु:ख देखाउने ठुलाबडाको लुटलाई सफलताको रुपमा चित्रण गरेर प्रचार गर्ने प्रबृति बिपरित पत्रिका रहनेछ । भने समग्र नेपालको कृषि ,पर्यटन, वैदेशिक राेजगार क्षेत्रमा: ब‌ैदेशिक रोजगारको अर्थतन्त्र , सत्यता, श्रमिकहित , उद्धारता तथा सुचनाको सहज पहुँच प्रति तत्पर रहेनेछ ।

सबै नेपालीको आत्मसम्मानमा ध्यान दिदै नेपालको अर्थतन्त्र , सामाजिक , न्यायिक, कृषि , बाणिज्य ,पर्यटन , राजनितिक, खेलकुद, स्वास्थ , शान्ति(सुरक्षा, सांस्कृतिक , प्राकृति , दिगो बिकास पक्षहरुमा सुधार, प्रबर्द्धन तथा सकारात्मक परिवर्तनमा सारथि बन्ने हिमाल टाईम्सकाे लक्ष्य रहेकाे छ।

Himaltimes Tv हेर्नुहाेस