चीनबाट फर्काईदै १ सय ८० जना बिध्यार्थीहरु

everest kitchen


काठमाडौँ । चीनबाट उद्धार गरि नेपाल  ल्याइन लागेका १ सय ८०जना नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।  उनीहरूलाई प्रक्रिया पूरा गरेर यसै साता ल्याइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार वुहानबाट ६२, हुवेई प्रान्तका र अन्य मुख्य सहरबाट गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो। चीनकाे बेईजिङ स्थित चीनका लागि नेपाली राजदुतावासले नेपाल फर्कन चाहाने नेपालीहरु फारम भर्न अाग्रह गरेकाे थियाे साेहि फारमका अाधारमा उनिहरु फर्किन लागेका हुन ।

फार्काईएका बिध्यार्थीहरुलाई मङगलबार  क्वारेन्टाइन स्थलकाे निर्धारण गरि त्यहाँ १४ दिन सम्म राखिने मन्त्रालयले जनाएकाे छ । आइसोलेसन र क्‍वारेन्टाइन भनेको संक्रामक रोगको विस्तार कम गर्न जनस्वास्थ्यअन्तर्गत अपनाइने प्रक्रिया हो । उनिहरुलाई क्वारेन्टाइनमा राख्दा खेलकुद लगायत स्वास्थ्य सम्बन्धि सेवाहरु उपलब्ध गराईनेछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निमोनिया गराउने नोवल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ । उक्त घोषणापछि सबैभन्दा बढि जोखिम रहेको चीनको वुहानलगायतका क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता बाेलाउने क्रममा नेपालले पनि फिर्ता ल्याउन लागेकाे हाे ।

नेपालमा हालसम्म एक जनाबाहेक अन्यमा नोवल कोरोना भाइरसको संक्रमण नदेखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार  संकास्पद १४ जनाकाे प्रयोगशाला  परिक्षण पछि १० जनाकाे नेगेटिभ देखिएकाे छ भने ३ जनाकाे प्रतिवेदन अाउन बांकी रहेकाेछ ।