मलेसियाको म्याकफुड कम्पनीमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणमा आर्थिक सहयोग गरे

everest kitchen

क्वालालम्पुर । मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी ९mबअाययम कभचखष्अभक कमल दजम० कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले रंगशाला निर्माणका लागि अार्थिक सहयोग गरेका छन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण भैरहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु १ लाख ६३ हजार ९ सय बतिस रुपैया सहयोगआर्थिक सहयोग गरेका हुन

म्याकफुड कम्पनीमा कार्यरत सैलेश क्ष्रेष्ठ,मेघ तामाङ लगायत साथिहरुको सक्रियतामा उक्त रकम सङकलन गरिएकाे हाे । रंगशाला निर्माणमा थोरै भएपनि सहयोग पुगोस् भन्ने हेतुले कम्पनी भित्रका विभिन्न बिभागमा कार्यरत नेपाली श्रमिकहरुले आफुखुसि आर्थिक सहयोग गरेके उक्त कम्पनीमा कार्यरत कृष्ण गुप्ताले जानकारी दिए ।

श्रमिकहरु रु १ लाख ६३ हजार ९ सय बतिस रुपैया अभियान्ता कुञ्जना घिमिरे ९सुन्तली० को नाममा पठाएका हुन । जनस्तरबाट निर्माण गर्न लागिएकाे रङगशालालाई अझै अार्थिक अपुग भएपछि रकम सङकलनकमे लागि महायज्ञ पनि लगाईकाे छ ।