नक्कली मागपत्रबाट सजग रहन म्यानपावरलाई नेपाली दुतावास मलेसियाकाे आग्रह

everest kitchen


हिटास
काठमाडौं । मलेसियाका लागि राजदुतावास मलेसियाले नक्कली मागपत्रबाट सजग रहन अाग्रह गरेकाे छ । दुतावासले एक सुचना प्रकाशित गर्दै नेपाल सरकारबाट मान्यप्राप्त संस्था (म्यानपावर )लाई यस्ताे सजग गराएकाे हाे ।

सुचनामा भनिएकाे छ “मलेसियामा बिभिन्न कम्पनीहरुलाई आवश्यक काम्दारहरुकाे माग भएको मागपत्र नेपाली दुतावासबाट प्रमाणिकरण भएपछि बैदेशिक राेजगार ब्यवस्थापन सुचना प्रनाली (एफईएमईएस) मा अप्लाेड हुनेछ । सुचना प्रणालीमा अप्लाेड भएपछि उक्त जानकारी कामदार पठाउन अधिकमर प्राप्त संस्थालाई स्वतह जाने स्मरण गराउदै दुतावासले नक्कली मागपत्रबाट सजग रहन सुचित गरेकाे छ ।

मागपत्र प्रमाणिकरणमा अावश्यक कागजातहरु केहि अनाधिकृत ब्यक्तिहरुले नक्कली रसिद, मागपत्र ,करारपत्र , पावर अफ एटाेर्नी लगायत नक्कली बनाई पैसा असुल्दै गरेकाे सुचना प्राप्त भएकाे उल्लेख गर्दै दुतावासले अधिकार प्राप्त संसथाहरुलाई सजग गराएकाे छ । मागपत्र वारे सत्य तथ्य बुझ्न वा काेहि कसैले यस्ताे कार्य गरेका दुतावासलाई फाेन र ईमेल बाट सम्पर्क गर्न भनेकाे छ । दुतावासकाे फाेन +603-20201899 र ईमेल [email protected]

यधपी लामाे समयदेखि बन्दरहकाे मलेसिया खुलेपछि मागपत्र किनबेच भैरहेकाे खबर बारम्बार अाईरहेकाे छ । नेपाल र मलेसिया बिचकाे समझदारी पत्रमा सम्पूर्ण खर्च मलेसियाको राेजगारदाता कम्पनीले ब्यहाेर्ने नियम लागु भएपनि म्यानपावर एजेन्टहरुले अाफुखुसि मागपत्र किन्नेफर श्रमिकबाट रु१ लाख ५० हजारसम्म असुल्दै अाएकाे पाईएकाे छ ।