बैतडीका रमेश चन्द्र असक्त हुदा पनि मलेसियाबाट घर फर्कन पाएनन

everest kitchen

हिटास
क्वालालम्पुर । बैतडी जिल्ला पाटन नगरपालिका ७ का रमेश चन्द्र यतिबेला मलेसियामा अलपत्र परेका छन । केहि समय पहिले रोजगारीका लागि मलेशिया आइपुगेका रमेशका एकाएक दुबै हात नचल्दा असक्त बने तर उनी घर फर्कन भने अझैपाएका छैनन ।

राेजगारिकाे लागि मलेशियाको मलक्का स्थित रबर ल्याटेक्स कम्पनीमा केही महिना अघि आइपुगेका रमेशकाे हातमा एक्कासी समस्या देखिएपछि दुबै हात चल्न छाेड्याे । हात नचलेपछि कम्पनीमा नउनले काम पाए , नत उपचार र घरफिर्ती नै । रमेश घरफर्कन चाहेपनि नेपाल स्थित म्यानपावर एजेन्ट शिब खत्री , मलेसियामा कार्यरत कम्पनीले बेवास्ता गरेपछि उनलाई घरफर्कन समस्या भएकाे हिमाल टाईम्सलाई जानकारी दिए ।

बिरामी रमेशले मलेसियाका लागि नेपाली राजदुतावास मलेसियामा सम्पर्क गरेर घर फर्किन चाहेपनि उनि असफल रहेका छन । दुतावासले घर फर्काउने पहल गर्ने बताएपनि अझैसम्म नगरेकाे र अाफुसंग अार्थिक अवस्था कम्जाेर भएकाले घर फर्किन पनि समस्या भएकाेले सम्बन्धित सबैलाई सहयोगकाे लागि उनलेे अपिल गरेका छन ।