लिखु हाईड्राेमा १४ बुद्धे माग सहित स्थानीयकाे अबरोध

everest kitchen
photo:bikramoli

विपेन उलङगे 
काठमाडौ । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थानीयले टप्प पारेका छन । भारतीय व्यापारीक घराना दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजना स्थानीय बासिन्दाले ठप्प पारेका हुन ।

रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदिमा निर्माणाधिन साेलुखुम्बु जिल्लाकाे लिखुपिके गाउँपालिमा अवस्थित लिखु- १ र रामेछापकाे उमाकुण्ड गाउँपालिका -२ मा रहेकाे लिखु-२ मा स्थानीयकाे अवराेध भएकाे हाे । स्थानीय बासिका अनुसार एमभि दुगड ग्रुपले अाफुहरुसंग गरिएकाे सहमति र मागकाे ब्यवास्ता गरेकाे बताएका छन । यधपी सहमति पछि लिखु- ए  मा भने काम सुचारु भएकाे छ।

जग्गा धनिलाई ब्यवास्ता गरि जथाभावी जबर्जस्ती बाटाे खनेकाे , खाेलामा केमिकल मिसावट गरेर वातावरण बिगारेकाे , हस्पिटल निर्माण गर्ने सर्त पुरा नगरेकाे, जलविद्युतकाे टनेलले गर्दा पानिका मुहानहरु सुकेकाे बताउदै समस्या सामाधान नगरेसम्म अबराेध सिर्जना गर्ने स्थानीयले  बताएका छन। १४ बुद्धे माग राख्दै मङगलबार देखि अबराेधमा उठेका स्थानीयहरुले माग पुरा नभएसम्म निर्माण ठप्प पार्ने बताएका हुुन । यसअघि देखि नै गुनासो गरिरहदा पनि वेवास्ता गरेपछि निर्माण ठप्प पार्नु परेकाे स्थानीयकाे भनाई छ।

भारतीय व्यापारीक घराना दुगड ग्रुपको करिब २१ अर्ब रुपैयाँ लगानीमा निर्माण भैरहेको लिखु–१, २ र “ए” परियोजनाबाट १ सय ५७ मेगावाट विद्युत उत्पादन हुने बताएको छ । तीन वटै परियोजनामा १५ किलोमिटर सुरुङमार्ग छ, त्यसमध्ये १२ किलोमिटर खन्नेकाम सकिएको छ ।

केहि साता अघि उर्जामन्त्री बर्षमान पुनले उक्त परियोजनाको भ्रमण गरेका थिए । उनकाे भ्रमणका क्रममा १ बर्ष भित्र कार्य सम्पन्न गर्ने परियोजनाले बताएको थियाे । यधपी जानकारहरुले अझै दुई बर्ष लाग्ने अनुमान गरेका छन ।