३७ सय यात्री बाेकेकाे क्रुज भित्र संक्रमितको सङ्ख्या ६१ पुग्याे

everest kitchen

काठमाडौ । हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जापानले दुई हप्तादेखि योकोकामा छोडिएको क्रुज भित्र थप ६१ जनामा संक्रमन देखिएकाे छ ।

योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको डायमण्ड प्रिन्सेस क्रुजले ३७ सय यात्री बोकेको छ ।जहाजभित्रका अन्य यात्रीमाथि पनि परिक्षण सुरु भएकाे छ । भने उपचारकाे लागि जाहाज भित्र डाक्टरहरु पठाएको जापानिज सञ्चारमाध्यमले जनाएका छन ।

यसका साथै वर्ल्ड ड्रिम नामको अर्को क्रुज जहाज पनि यात्रीमा कारोना भाइरस भेटिएपछि हङ्कङमै क्वारेन्टाइनका लागि छोडिएको छ ।