कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गय्राे

everest kitchen


काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दाेस्राे दिन पनि संसद अवरुद्ध गरेकाे छ । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही ढङ्गबाट मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको हाे ।

काङ्ग्रेस नेता तथा सांसद मीन विश्वकर्माले शुक्रबार संसदको विशेष समय लिएर बोल्दै आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइएको दाबी गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग  सरकारको छायाँ बनेको काङ्ग्रेसको आरोप छ । नेकपा नेता बिष्णु पाैडेललाई जाेगाएर काङ्ग्रेस नेतालाई अख्तियार लगाएकाे काङ्ग्रेसकाे अाराेप लगाएकाे छ।