दाङमा चट्याङ लागेर ३ जनाको मृत्यु

everest kitchen


दाङ । दाङमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षीया लक्ष्मी आचार्य र सोही ठाउँ बस्ने ६ वर्षीया बालिका सृष्टि चौधरीको मृत्यु भएको हाे ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुल्सिपुरले जनाएको छ।

त्यस्तै घोराही उपमहानगरपालिका ११ हापुर बस्ने ८ वर्षीय बालक ताराबहादुर पुरीको चट्याङ लागेर मृत्यु हाे । दिउँसो करिब साढे एक बजेतिर घरमै खेलिरहेका बालक चट्याङ लागेर गम्भीर घाइते भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकाे थियाे । उनकाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।