पाैडेल र रेग्मीको नाममा रहेकाे ललिता निवास जग्गा सरकारकाे नाममा

everest kitchen


काठमाडौं । नेकपा नेता विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको जग्ग सरकारकाे नाम ल्याईएकाे छ। उनीहरुको नाममा रहेकाे बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको हाे ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको निर्देशन पत्र र जग्गा धनीको सनाखतपछि शुक्रबार नै रेग्मी र पौडेलको नाममा रहेको उक्त जग्गा सरकारको नाममा ल्याइएको भूमसिुधार तथा मालपोत कार्यालय डिल्लीबजारले जानकारी दिएकाे छ ।

ललितानिवास प्रकरणमा जग्गा फिर्ता गर्न मञ्जुर भएकै कारण पौडेल र रेग्मीमाथि मुद्धा नचलाउने अख्तियारको निर्णयमाथि प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रश्न उठाउँदै सदन र सडक संघर्ष थालेको छ ।