त्रिभुवन बिमानस्थलमा आगलागी

everest kitchen

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार सांझ आगलागी भएको छ । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी भएको हाे ।

बिमानस्थल प्रहरिका अनुसार बिधुत सर्ट हुँदा आगलागी भएको पाईएकाे छ । उक्त अागलागिका कारण विमानस्थल केहि समयका लागि बन्द भएको टावरले जानकारी दिएको छ।

बिमानस्थलमा तैनाथ ४ वटा दमकल अागलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । यधपी आगलागीबाट भएको क्षतिको पुर्ण विवरण भने आउन बाँकी छ ।