काेराेना भाईरस के हाे ? कसरि बच्ने ? : डाक्टर कल्याण

everest kitchen
Dr: kalyan Subedi

# Coronavirus बाट आजसम्म १०१३ जनाको मृत्यु भैसकेको छ।

# Media मा आएको जस्तो Coronavirus बिरुद्धको औषधि पत्ता लागेको छैन। HIV र Flu का औषधिहरुको प्रयोग गरेर केहीलाई सन्चो पारिएको report आए पनि औषधिकै कारण सन्चो भएको भन्ने प्रमाण भेटिएको छैन (अर्थात् व्यक्तिको आफ्नै immune शक्तिले सन्चो पारेको हो कि औषधिले गर्दा सन्चो भएको हो निर्कौल गर्न सकिएको छैन) र सोहि औषधिको समिश्रण अन्यमा काम गरेको छैन। औषधि पत्ता लगाउन मेहनेत जारी छ।

# Coronavirus नसरोस भनेर नाक मुख छोप्ने mask र आँखा छोप्ने goggles मा ध्यान दिईए पनि यो virus दिसामा पनि भेटिएको छ। यसको मतलब संक्रमित व्यक्तिले (वा quarantine मा राखिएकाले) toilet प्रयोग गर्दा commode प्रयोग गर्नु पर्ने हुन्छ र प्रत्येक पटक प्रयोग गर्दा राम्रोसंग सफा गर्नु पर्ने हुन्छ।

# Virus सरेको व्यक्तिमा लक्षणहरु देखिनु अगाडीनै Virus अन्यमा सरिसक्ने कुरा Germany मा गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। (तर मेरो बिचारमा यसबारेमा थप अन्य ठाउँमा पनि अनुसन्धान हुन जरुरी छ।) यदि यो सत्य हो भने Virus फैलिएको ठाउँमा गएको व्यक्तिलाई लक्षण नदेखिए पनि कम्तिमा २ हप्ता quarantine (complete isolation) मा राख्नु पर्छ।

# नेपालमा (खासगरी काठमाडौँमा) चीनबाट आएको एक व्यक्तिबाट अर्को २-३ जना (नेपालमै भएको, चीन नगएको) व्यक्तिमा सरेको छैन भने (वा नसर्दासम्म) आत्तिहाल्नु पर्ने स्थिति छैन तर परिआए घर भित्रै १-२ महिनासम्म बस्ने तयारी भने गर्नु पर्ने हुन्छ, कम्तिमा अझ एक महिना। व्यक्ति आँफै तयार हुनु पर्छ, सरकारको भर पर्नु हुँदैन।

# चीनमा नाक मुख छोप्ने mask राम्रोसंग लगाएका केहि स्वास्थकर्मीमा virus भएको हात आँखामा लैजाँदा virus शरीर भित्र पसेको खबर आउन थालेको छ। यो खबर सुनेपछि केहिले virus फैलन सक्ने ठाउँमा जाँदा swimming goggles आँखामा लगाउन थालेका छन्।

# आजसम्म मृत्यु भएकाहरु अधिकाम्श ५० नाघेका, immune शक्ति कम भएका वा अन्य रोगहरु पनि पहिले देखि भएका मात्र छन्।
# यो पोस्ट गर्दासम्म यस virus फैलने क्रम कत्तिपनि रोकिएको छैन।

# यसको शुरुवाती लक्षण र सामान्य रुघाखोकीको लक्षण उस्तै हुन्छ। तर यसले अलि बढी गलाउने, लामो समय सम्म सताउने, ज्वरो आउने, थकित बनाउंदै जाने, खोकी बढ्दै जाने, स्वाशप्रस्वासमा समस्या दिंदै जाने आदि हुन्छ। समयमा उपचार नगर्दा अन्तिममा फोक्सो, कलेजो र मृगौलामा समस्या भएर ज्यान जान्छ।
======================

Coronavirus बारेमा जान्नु पर्ने कुराहरु!

१; यो आँफुमा फैलन नदिन अन्य रुघाखोकी दिने virus संग जोगिने उपाय जस्तै उपाय गर्नु पर्छ। जस्तै:
– यस्तो virus आफ्नो ठाउं नजिक फैलिएको थाहा भएपछि mask लगाएर हिड्ने; घर बाहिरको कुरा हातले छुने बित्तिकै साबुन पानीले हात धोई हाल्ने वा alcohol sanitizer प्रयोग गर्ने; भिडभाडमा नजाने; बृद्ध, रोगी, बालबच्चा र गर्भवतीलाई अति आवश्यक नपरी घर बाहिर ननिकाल्ने; मिल्दासम्म बाहिर जाँदा लगाएको कपडा छुट्टै राख्ने र washing machine मा धुने अनि ति कपडा नधोई अरुलाई छुन नदिने; राम्रो diet गर्ने; अरुलाई नसरोस भनेर आंफुले खोक्दा मुख छोपेर खोक्ने; मिल्छ भने छुट्टै कोठामा बस्ने र अरुको नजिक नजाने; खाने भाँडाकुँडा आँफै माझेर सुकाउने; निको नहुँदासम्म वा उपचार बिधि नसकिंदासम्म छुट्टै बस्ने।

२; आँफुलाई रुघाखोकी सुरु भएको र सामान्य रुघाखोकीले भन्दा ज्यादा गलाएको महसुस हुने बित्तिकै आँफु नजिकको स्वास्थ चौकी वा सरकारी अस्पतालमा phone गरेर मात्र जाने। जाँदा mask लगाएर जाने।

३; प्राय (अधिकतम case मा, संसारभर नै) मानिस-मानिस बीच सर्ने virus ले (हजारौं बर्षसम्म मानबले त्यस बिरुद्ध लड्ने शक्ति उत्पादन गरिसकेको कारण) स्वस्थ व्यक्तिको ज्यान लिंदैन तर अहिले फैलिएको coronavirus पुरानै class को virus ले आफ्नै genetic component परिवर्तन गरेर नयाँ जात (strain) बनाएको अवस्था हो। यो virus (Coronavirus 2019-nCoV) लाई पूर्ण नष्ट गर्ने औषधि उपचार छैन। यसले पार्ने असर कम गर्न मात्र औषधि उपचार सकिन्छ।

४; नेपालको case मा यदि काठमाडौँमा यो virus एउटा मानिसबाट अर्को ३-४ जनामा सर्यो भने यसलाई रोकथाम गर्न (नेपाल सरकारले केहि समय अघिको dengue लाई रोक्न देखाएको सक्रियतालाई आधार मान्दा) यो नेपालले थेग्न सक्दैन।

५; Coronavirus (2019-nCoV) बारेमा धेरै कुरा अनुसन्धान हुनै बाँकि छ त्यसैले थप information आउने बित्तिकै अर्को पोस्ट update गर्नेछु।

Dr. Kalyan Subedi, DNP, PMHNP फेसबुक साभार