राष्ट्रपति भण्डारीलाई पनि मुद्दा लाग्नुपर्ने : तरुण दल अध्यक्ष बस्नेत

everest kitchen

काठमाडौ । नेपाली काङ्ग्रेस तरुनदलका अध्यक्ष जितजङ्ग बस्नेतले तत्कालीन रक्षामन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने तर्क गरेका छन । नेपाली काङ्ग्रेस भातृ संगठनहरुकाे बिराेधसभामा बाेल्दै तरुन दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेले बालुवाटार जग्गा प्रकरणमा बिजयकुमार गच्छदारलाई मुद्दा चलाउदै गर्दा राष्ट्रपति बिध्यादेवि भण्डारीलाई पनि मुद्दा चलाउपर्ने तर्क गरेका हुन ।

अध्यक्ष बस्नेतका अनुसार वर्तमान राष्ट्रपति तत्कालीन समयमा रक्षामन्त्री भएकाेले नितिगत निर्णयका अाधारमा काङ्ग्रेस नेता गच्छदार मुद्दा लाग्दा उनलाई पनि मुद्दा चलाउनुपर्ने जिकिर गरे । साथै बस्नेतले तत्कालीन समयका मन्त्री , प्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने माग गरे ।

बालुवाटार जग्गा प्रकरण बारे नेपाली काङ्ग्रेले लगातार सदन र,सडकबाट बिराेध गरिरहेकाे छ । साेमबार पनि काङ्ग्रेस निकटका भातृ संगठनहरुले बिराेध प्रदर्शन गरेका छन । राजनीतिक प्रतिशाेधका अाधारमा काङ्ग्रेस नेता गच्छदारलाई मुद्दा चलाईएकाे काङ्ग्रेसकाे अाराेप छ । यधपी मङगलबार देखि काङ्ग्रेसले संसद सुचारू गर्ने देखिएकाे छ ।