पुर्वी रुकुमकाे सदरमुकाम गाेल्खाडा ताेक्न माग गर्दै माईतिघरमा प्रदर्शन

everest kitchen
photo facebook

विपेन उलङगे
काठमाडौं । पूर्वी रुकुम जिल्लाको सदरमुकाम गोल्खाडा कायम गर्न माग गर्दै मंगलबार माईतिघरमा गाेल्खाडा समर्थकहरुले प्रदर्शन गरेका छन ।

रुकुम पर्व गोल्खाडा सरोकार समितिको आयोजनामा प्रदर्शन गरिएकाे हो । तत्कालीन मन्त्रिपरिषद बैठक २०७५ माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका १२ गोल्खाडालाई सदरमुकाम तोके पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

रुकुम जिल्ला टुक्रिएपछि पश्चिम रुकुम र पुर्वी रुकुम जिल्ला भएपछि पश्चिम रुकुमकाे सदरमुकाम मुसिकाेट यथावत राखिएकाे थियाे भने पुर्वी रुकुमकाे सदरमुकाम रुकुमकाेट सारिएको थियाे । २०७४ माघ ११ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिल्लाको सदरमुकामको केन्द्र पुथाउत्तरगंगा गाउँपालिका–१२ को गोल्खाडामा राख्ने निर्णय गरेको थियो ।

देउवा सरकारकाे निर्णय बिरुद्ध अधिबक्ता गणेश हमालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । प्रारम्भिक सुनुवाईका क्रममा अदालतले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको थियाे । यधपी अदालतले उक्त मुद्दालाई संबैधानिक अदालतमा पठाउने बताएको थियाे ।

मंगलबार माईतिघर मण्डलामा अायाेजित प्रदर्शनमा प्रदर्शनकारीले उक्त रिट खारेज गर्न पनि माग गरेका छन् ।