सिन्धुपाल्चोकमा काेराेना जस्तै २०१ जनामा संक्रमन

everest kitchen


काठमाडौं। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि त्रास बढेको छ । कोरोना भाइरस संक्रमितकाे लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै गाउँ पालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेकाे छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरस जस्तै संक्रमणका लक्षण देखिएको हाे । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार हालसम्म २०१ जनामा यस्ताे संक्रमणको लक्षण देखिएको हाे । यधपी गाउँपलिकाले स्वास्थकर्मीहरु तदारुकताका साथ खठाएकाे बताएको छ ।

गाउँपालिका स्वास्थ्य साखा संयाेजक अनिल साउदले अनलाइन खबरलाई दिएकाे जानकारी अनुसार अत्यन्तै सिरियस भएका बिरामीहरु औषधि खाएपछि ठीक हुँदै गएका छन् । बिरामी ठीक हुँदै गएपछि हामीलाई कोरोना भाइरसको संक्रमण होइन कि भन्ने लागेको छ । किनकि, लक्षण मिले पनि कोरोनालाई मौसमी रुघाखोकीको औषधिले काम गर्दैन । तर, त्यसलाई जाँच्ने किट नभएकाले हामीले ठोकुवाका साथ भने भन्न सक्दैनौं । यो एकिन स्वास्थ्य मन्त्रालयले गरोस् भनेर हामीले पत्राचार गरेका हौं ।