बसले ठक्कर दिदा नायिका महिमा सिलवालकाे मृत्युु

everest kitchen
photo fb

काठमाडौं । नायिका तथा माेडेल महिमा सिलवालमा सडक दुर्घटनामा मृत्युु भएकाे छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी र उनकी बहिनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिनामा मृत्यु भएकाे हाे ।

काठमाडौं बाट चितावन घर जांदै गर्दा लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर दिएकाे थियाे । महिमाकाे घटनास्थलमा नै मृत्यु भएको थियाे भने बहिनी सर्मिला सिलवालकाे उपचारको लागि काठमाडौं लिदै गर्दा बाटाेमा मृत्यु भएकाे पारिवारिक स्रोतले जनाएको छ ।


चितावनकाे भरतपुर महानगरपालिका शिवनगरकी स्थायी बासिन्दा महिमाले “कारवाही” चलचित्रबाट डेब्यु गरेकी थिइन् । त्यसपछि भने उनले “अप्रिल फुलु, “चियर्सु, “दानव “जिग्लो लगायत चलचित्र र एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी थिइन् ।