अवैध लागूऔषध सहित हरिकृष्ण पक्राउ

everest kitchen

काठमाडौं । कास्की, पोखरा महानगरपालिका – ७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरि कृष्ण कार्की नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ पक्राउ परेका छन् ।

कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा खरीद बिक्री, ओसारपसार, सञ्चय तथा सेवन समेतगर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालयपोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणकोलागूऔषध फेला पारेको हो । कार्कीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयकास्कीमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी मोरङ, बिराटनगर महानगरपालिका–१२ आईतबारेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ ट्याब्लेट, एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुप्रिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र सिरिन्ज ३ थान सहित सुनसरी ईटहरी उपमहानगरपालिका–१० बस्ने २६ वर्षीय ज्ञानेन्द्र चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ
गरेको हो ।