सर्बोच्चले माधब नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नलगाउनुकाे कारण माग्याे

everest kitchen


काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा विक्रीमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनको कारणबारे जवाफ मागेको छ।

नीतिगत निर्णयकर्ता भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र डा।भट्टराईलाई अख्तियारले मुद्दा चलाएको थिएन । अख्तियारको उक्त कदम विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमा सुनाई गर्दै  उनीहरुविरुद्ध  मुद्दा नचलाउनुको कारण माग गरेको हो।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुलाई मुद्दा नलगाउनुको कारणसहितको जवाफ दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,नेपाल र भट्टराईलाई १५ दिनमा जवाफ दिन भनेको छ।