अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित एकजना प्रक्राउ

everest kitchen

काठमाडौं, २ फागुन । अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगर पक्राउ परेका छन ।

चन्द्रागिरी नगरपालिका(२ नागढुङगाबाट अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ६२५१ नम्बरको यात्रुबाहक सवारी साधनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको  छ ।