सयुंक्तरुपमा सिर्जित ‘हामी’ सार्वजनिक

everest kitchen

यहि १५ फेब्रुवरी, २०२० बेलायतस्थित अासफोर्ड केन्टमा २३ जना सर्जक र कलाकारहरुको सयुंक्तरुपमा सिर्जित ‘हामी’ गीति एल्बम सार्वजनिक भयो ।
समाजसेवी तथा गीतकार जानुका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा प्रसाद सुवेदी रहेका थिए । बेलायतका विभिन्न सामाजिक संस्था संगठनहरुबाट दुई दर्जनभन्दा बढी पदाधिकारिका साथै उल्लेख्य सहभागिहरूकाे उपस्थित रहेकाे थियाे । कार्यक्रममा एल्बमका सर्जकहरूले गीतसंगीतहरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत डा.दुर्गाप्रसाद सुबेदीले “२२ जनाको सयुंक्त गीतएल्वम “हामी” बेलायत र नेपालमामात्र होइन विश्वकै पहिलो उद्दाहरण रहेकाे बताउनुभयाे । “सांगीतिक अभियानबाट नेपाली समाजको सृजना गर्दै नेपाली संस्कार, संस्कृति, कला, प्रतिभा र सहित्यको बिकाश गर्दै सुन्दर समाज निर्माण गर्ने हज्जारौं जानुकाहरु, सीताहरु, बिसीहरु, गंगाराजहरु नेपाली भएर जन्मिनुपर्छ । यो हामी एल्वमले समाजमा एकता र सुन्दर सद्भावको सन्देश दिएक छ । बेलायतमबासि एकलाख पचासीहजार नेपालीहरु मध्ये सबैभन्दा सक्रिय कलाकार, साहित्यकार, प्रतिभावाण, सामाजिक एकता र हरेक क्षेत्रमा सफल र सक्रियता रहेको नेपाली समाज हो अासफोर्ड केन्ट ।” डा. सुवेदिले बताउनुभयाे ।

त्यसैगरि कार्यक्रमका अध्यक्ष ‘हामी’ एल्वमका संस्थापक / परिकल्पनाकार जानुका राईले जात, धर्म,वर्ग र भूगोलभन्दा माथि उठेर सृजना, कला र प्रतिभाको माध्यमबाट नेपाल राष्ट्र र राष्ट्रियताका विकाशका लागि जीवन समर्पन गर्दै अगाडि बढ्ने । र नयाँ प्रतिभाहरुलाई डोराउदै एक भएर अगाडि लाने बताउनुभयाे ।
उक्त एल्वममा जानुका राईका साथै घन थापा मगर, संजीव पारदर्शी , डिल्लीराम राई र टीमाया राई गरि ५ जना गीतकारहरुका १६ वटा गीतहरु समाविष्ट छन् भने बिसी राई, थिर थापा मगर र गंगाराज राईको संगीतबद्द गीतहरु मा १७ जना गायक गायिकाहरुको स्वर छन् ।
कार्यक्रममा एल्वमका संजोजक गंगाराज राईले एल्बम तयारीको बारेमा जानकारि दिएका थिए ।