संचार मन्त्रीलाई तत्काल बर्खास्त गर्न काङ्ग्रेसको माग

everest kitchen

काठमाडौं । सञ्चार तथा सुचना प्रबिधिमन्त्री गाेकुल बास्काेटालाई तत्काल बर्खास्त गर्न नेपाली काङ्ग्रेसले माग गरेकाे छ । बिहीबार काङ्ग्रेसले बक्तब्य जारि गार्दै यस्ताे माग गरेकाे हाे ।

काङ्ग्रेसले भनेकाे छ ” सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए ि तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ञहाम्रा कुराझ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।