रोशी खोला लिफ्ट सिचाई अयोजना को मन्त्री ढुङ्गेल द्धारा सिलान्यास

everest kitchen

काभ्रे । तेमाल गाउँपालिका ८ ल्होङ्साल बेसि स्थित निर्माण गर्न लागिएकाे रोशी खोला लिफ्ट सिचाई आयोजनाकाे शिलान्यास गरिएकाे छ । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त आयाेजनाकाे सिलान्यास गरेका हुन ।

सिलान्यास कार्यक्रममा काभ्रे क्षेत्र नं १( क )को प्रदेश संसद रत्न ढकाल,ललितपुरको प्रदेश संसद राजकाजी महर्जन,पुर्ब उर्ज राज्यमान्त्री सुर्य मान दोङ,गा पा अध्यक्ष सलाम सिं तामाङ,नेकपा जिल्ला कमिटी सदस्य घणश्यम घिसिङ गणेश,डि एम लामा,तेमाल गा पा ७ को वडा अध्यक्ष ज्ञन बहादुर मोक्तान चन्द्र बहादुर दोङ लगायत पत्रकार स्थानीय जनप्रतिनिधि ,स्थानीय उपभोक्त हरुको बाक्लो उपस्तिथि रहेको थियो।

कार्यक्रम तेमाल गा पा वडा नं ८ को अध्यक्ष लक्ष्मी घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो ।कर्यक्रममा बोल्दै अतिथीहरुले कृषि क्षेत्रमा पहिलो प्राथमिकता दिनुपर्ने र कृषिमा बिकास भए मत्रै देश मा समृद्धीको बाटोमा लाग्ने कुरा बताउनु भएको थियो।