चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्तिमा कोरोना भाइरस

everest kitchen

काठमाडौ । चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।

चीनको पूर्वी शाङ्डोङ प्रान्तमा म रहेको रेन्चेङ कारागारमा मात्रै सातजना सुरक्षागार्ड र २०० जना कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन । त्यस्तै अन्य कारागारमा संक्रमित फेला परेका छन । थुनामा रहेका व्यक्तिमा समेत संक्रमन देखिएपछि चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

काराेना भाईसरबाट अहिले सम्म करिब २ हजार २ सय भन्दा बढिकाे ज्यान गैसकेकाे छ । यस प्राणघातक रोगको सङ्क्रमण रोक्न चिनियाँ अधिकारीहरु प्रयासरत छन । यधपी यसकाे बिरुद्धमा अहिलेसम्म एण्टि अाैषधि बनिसकेको छैन ।