शिवरात्रिकाे मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु

everest kitchen

दाेलखा । दाेलखामा शिवरात्रिकाे अबसरमा डोरी टाँगेर सहयोग रकम माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ।

कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको मृत्यु भएको हो। चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले शुक्रबार ११ बजे बालकलाई पछाडिपट्टिको टायरले किचेको हो। ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित घिसार्दा घटना घटेको स्थानीयवासीले बताएका छन्।