नेकपा कार्यदलले बुझायाे एमसिसि अध्यन प्रतिबेदन

everest kitchen

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेपका कार्यदलले आज प्रतिवेदन बुझाएको छ । सुझावसहित तयार पारेको प्रतिवेदन सुक्रबार कार्यदलले पार्टी अध्यक्षद्वयलाई बुझाएको हाे ।

कार्यदल सदस्य भिम रावलका अनुसार ” सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएकाे छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र एमसीसीका विषयमा विवाद बढेपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार नभएपछि अर्को पटक फेरी १० दिनको समय थपिएको थियो ।