सन्ध्या समाधिकाे टेकेर गुराँसमाथि सार्वजनिक

everest kitchen

विपेन उलङगे

काठमाडौ । कवि पुर्ण सन्ध्या समाधिकाे कबिता सङग्रह “टेकेर गुराँसमाथि सार्वजनिक भएकाे छ । उक्त कबिता सङ्ग्रह काङसाेरे मिडिया प्रालि तथा नयाँ अनलाइन डटकमकाे अायाेजनामा बिमाेचन भएकाे हाे ।

अनामनगर स्थित पाना क्याफेकाे सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ कबि भुपाल राईले कबिता एकदमै सरल र समग्रमा राम्राे रहेका प्रतिक्रिया दिएका थिए । भने कबिता सङ्ग्रहमा बाेल्ने बक्ताहरुले सन्ध्या समाधिकाे पहिलाे कबिता सङ्ग्रह भएपनि उत्कृष्ट भएकाे बताएका छन । बिमाेचन समाहाेराेमा कवि सन्ध्या समाधिले पुराना बाल्यकालका दुःख र सहयोगी ईन्द्रथापाकाे सहयोग सम्झिदै भावुक बनेका थिए । उनी भावुक बन्दै गर्दा उपस्थित अन्य पनि भावुक बनेका थिए ।

भाेजपुरकाे हतुवागढी-३ सिन्द्राङ मा जन्मिएका पुर्ण सन्ध्या समाधिकाे बास्तबिक नाम पुर्ण कुमार राई हाे । कवि सन्ध्या समाधिले लामाे समयदेखि लेखदै अाएपनि याे पहिलो सङ्ग्रह हाे । यसका प्रकाशक दिलिप बान्तावा हुन ।