पशुपतिका बाँदर भन्दा मान्छे एक कदम अघि

everest kitchen
बारमा झुन्डिएर वारपार गर्दै भक्तजनहरु

विपेन उलङगे
काठमाडौं । शनिबार धुमधामसँग मनाइएको शिवरात्री पर्वकाे लागि पशुपतिनाथ परिसरलाई झकिझकाऊ बनाइएको थियो। भगवान महादेवकाे पुजाअारधना गर्न नेपाल लगायत भारतबाट समेत हजारौं भक्तजनहरु पशुपतिनाथ अाएका थिए ।

पशुपति क्षेत्रमा बाँदरकाे हुल जति धेरै छ । त्यति धेरै बांदरकाे प्रबृत्ति पनि उदण्ड हुन्छ नै । तर शनिबार शवरात्रीकाे दिन भने नबाँदरकाे हुल थियाे । नत बांदरकाे उदण्डनै बरु बाँदरहरु मान्छेकाे भिड देखिपछि अाफ्नाे साईड लागिसकेका थिए । तर बांदर नभएपनि बांदरकाे भन्दा बढि उदण्ड मानिसहरुले नै गरे । सुन्दा अचम्म लाग्छ तर बांदरले समेत नबिगारेको फूलको सजावट धर्म कमाउन भन्दै पशुपतिनाथ दर्शनमा पुगेका भक्तजनले नै लुछेर सिद्याए। पशुपति क्षेत्रकाे दक्षिण बारहरुमा बांदर भन्दा मान्छेहरुनै बुण्डिएका थिए ।

photo facebook

सरकारले २५ लाख लागतमा तीन कुनेमा राेपेकाे दुबाे समेत चाेरेकाे अाराेप लागेका राजधानीवासिले पशुपतिमा उस्तै ब्यबहार देखाए । भगवान महादेवको तीर्थस्थललाई मनमोहक बनाउन पशुपति क्षेत्र विकास कोषले विद्युतीय बत्ती र  विभिन्न थरीका रंगीचंगी फूलले सजाएर आकर्षक बनाएकाे थियाे । उक्त सजावट एकदिन पनि टिक्न दिएनन भक्तजनकाे रुपमा पशुपति छिरेका केहि मानिसहरुले । लामाे लाईन देखेर काेहिबार बाट छिरेर भित्र पस्थे भने काेहि फुलका थुङगा चिथाेर्ने हर्कतमा देखिन्थे । समग्रमा श्रदालु भक्तजनहरु भन्दा नाङगा बाबाकाे रमिता हेर्न , शिवरात्री रङगरस खाेज्न युवायुवतीहरुकाे भिड देखिन्थ्याे ।

शिवरात्रीको सांझपख दर्शन गर्न पुगेका भनिएका भक्तजनले नै फुलकाे सजावट लुछेर लिएका थिए । भने हाेहल्ला र हुटिङ गर्दै पशुपतिमाथि पट्टीकाे जङगल तिर तलमाथि गर्ने युवाहरुकाे भिड पनि देख्न सकिन्थ्याे । भारतबाट अाएका बाबाहरुले खुलेअाम गांजा तान्ने र युवाहरुलाई बिक्री गर्ने गरेकाे पनि स्पष्ट देख्न सकिन्थ्याे ।