टर्कि र ग्रीस पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

everest kitchen

काठमाडौ, ११ फागुन । टर्कि र ग्रीसमा वर्किङ भिषामा मान्छे पठाउछु भन्दै ठगी गर्ने मोरङ रतुवामाई न.पा.वडा नं. ०६ बुधबारे घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ६ चुच्चेपाटी बसोबास रहेका कमल प्रसाद पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई विभिन्न मितिहरुमा ३२ जना व्यक्तिहरुको जम्मा नगद रु.३९,५६,०००।– (अक्षरुपी उन्नचालिस लाख छप्पन्न हजार) लिई सम्पर्क विहीन भई फरार भई अलपत्र पारी रकम ठगी गरेको भनि गोपि राम पराजुलिले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई टेकु काठमाडौबाट पक्राउ गरेको हो । उनलाई वैदेशिक रोजगार विभाग बुद्वनगर,काठमाण्डौमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी पठाईएको प्रहरीले जानकारी दिएकाे छ।