एक्स्पो अवलोकनका लागि विद्यालय बिदा

everest kitchen
सांस्कृतिक प्रदर्शन गर्दै कलाकार

दाङ। ऐक्स्पाेकाे अवलाेकन लागि भन्दै तुल्सिपसर उपमहानगरपालिकाले विध्यालय विदा गर्न निर्देशन दिएकाे छ ।  प्रदेश ५ सरकारकाे आयोजनामा  दाङ तुल्सिपुर उपमहानगरपालिका काे बेलझुण्डीमा शनिवारदेखि सुरु भएकाे ॅप्रदेश एक्स्पो २०७६’ काे सहज अवलोकन लागि विध्यालय विदा दिईएकाे हाे ।

एक्स्पाे अवलाेकनकाे क्रममा फाेटाे खिच्दै तुल्सिपुरका मेयर घनश्याम पाण्डे

एक्स्पोमा प्रदेश ५ का १२ जिल्लाका १०९ स्थानीय तह र प्रदेश मन्त्रालयलगायत अन्य क्षेत्रकाले गरि ५०० स्टलमा विभिन्न किसिमका पर्दशनी राखिएकाे छ । यहि एक्स्पाे अवलाेकनकाे लागि सोमबार तुलसीपुर उपमहानगरपालिकाले सम्पूर्ण विद्यार्थीहरुलाई एक्स्पो अवलोकनका लागि आव्ह्वान गरेको हाे

प्रदेश ५ लाई एकै ठाउँमा जोड्नका लागि आयोजना गरिएको प्रदेश एक्स्पो अवलोकनका लागि विद्यार्थीलाई सहयोग गर्न शिक्षकलाई निर्देशन दिएको उपमहानगरले बताएको छ।