मलेसियाका प्रधानमन्त्री माेहम्माेद महाथिरले दिए राजिनामा

everest kitchen


क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री डाक्टर मोहम्मद महाथिरले राजीनामा दिएका छन् । महाथिरले क्वालालम्पुरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन ।

मलेसियाका राजा सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएकाे उनले टिवीट पनि गरेका छन । मलेसियामाे राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्रीकाे रुपमा सत्ता सम्हालेका थिए । त्यतिबेला उनले मलेसियालाइ सम्बृद्धिकाे बाटाेमा लिएकाे मानिन्छ । दक्षिण एसियाली मुलुकमा मलेसियालाई बिकसित मुलुकमा परिनत गर्न महाथिरकाे हात रहेकाे मानिन्छन ।

पछिल्लोपटक सन २०१८ मा तत्कालीन प्रधानमन्त्री माेहम्मद तान सिरि नजीब रज्जाहलाई हराएर फेरि सत्तामा अाएका थिए । उनले अानवर इब्राहिमसँग गठबन्धन गरेका थिए । महाथिरले समय आएपछि सत्ता सुम्पने आश्वासन दिएका थिए । पछिल्लो समय त्यही विषयलाई लिएर महाथिर र ७२ वर्षीय अनवर इब्राहिमबीच विवाद बढेपछि उनले राजिनामा दिएकाे हुन सक्ने बताइएको छ ।

महाथिर फेरि नयाँ गठबन्धन बनाएर सत्तामाआउने अनुमान पनि हुन थालेको केहि मलेसियाली सुत्रहरुले अडकल गरेका छन ।