सिन्धुली । सिन्धुलीको बिपि राजमार्गमा गाडीले ठक्कर ५० बर्षिया नन्दलाल श्रेष्ठको मृत्यु भएकाे छ । सिन्धुलीको गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हाे ।
ठक्कर दिने गाडी र चालकलाई पक्राउ गरि कार्बाहि गर्न माग गरेदै स्थानीयले बिपी राजमार्गकाे सडक अबरुद्ध गरेका छन । ठक्कर दिने गाडी र चालक काे भन्ने अहिलेसम्म पहिचान हुन सकेको छैन्। सडक अवरुद्ध हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटाेमा रोकिएकाे प्रहरीले बताएको छ ।
सडक खुलाउने र दाेषिकाे पहिचान गर्न प्रहरी सक्रिय रुपमा लागेकाे ईलाका प्रहरि कार्यालय खुर्काेटले बताएको छ ।
https://youtu.be/gMV4Bc_gRh4