चाेरिका तीन माेटरसाईकल सहित नारायण चाैधरि पक्राउ

everest kitchen
photo fille

फागुन । चोरीका ३ वटा मोटरसाइकल सहित कोल्हवी नगरपालिका–६ बस्ने नारायण चौधरीलाई सोही नगरपालिका–५ बाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

चोरीको मोटरसाइकल खरिद विक्री हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले चोरीको मोटरसाइकल मुनाफा लिई बिक्री गर्न आएको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले बिक्री गर्न ल्याएको बा।३७ प ९६८१, ग।१० प ९६०७ र ना ५२ प ४३८८ नम्बरका ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका नारायण चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको तथा उक्त चोरी कार्यमा संलग्न भई हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।