नायिका आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन्

everest kitchen

नायिका तथा माेडेल आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार चावाहिल चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् ।


इन्गेजमेन्ट कार्यक्रममा आँचल र उदीपको परिवारहरुकाे उपस्थिति रहेकाे थियाे । उनीहरुले बिबाह भने फागुन अन्तिम तिर गर्ने बताएका छन ।आँचल र उदीप किब डेढ वर्षदेखि प्रेममा थिए । उसाेत उनीहरूले हालसालै मात्र अाफुहरुकाे प्रेम सार्वजनिक गरेका थिए ।

नायक पल शाहसंग अांचलले लामाे समय सम्म पर्दामा जाेडि बांधेकाे देखेर धेरै जसाे फ्यानहरुले उनीहरुकाे जाेडीलाई वास्तविक जीवनका लागि रुचाएका थिए । यधपी पल र अांचल यस बिषयमा अाफुहरु पर्दाका मात्रै सिमित जाेडि भएकाे र असल मिल्ने साथि भने भएकाे बताएका थिए ।

आँचल बिबाहकाे लागि निकै उत्साहित देखिन्छिन । यधपी बिबाह पछि पनि चलचित्र क्षेत्रमा नै काम गर्ने उनले विश्वस दिलाउन चाहान्छिन ।