अमेरिकी राष्ट्रपति ट्रम्प दिल्लीमा

everest kitchen


दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा हुनेछन । दिल्लीमा ट्रम्पकाे लागि भारी सुरक्षा व्यवस्था गरिएको छ । जसले ट्राफिकमा असर पार्ने बताएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पहिलो भ्रमण हाे । ट्रम्प मंगलबार दिल्लीमा हुदा उनको भ्रमणलाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्था गरिएको छ । जसका कारण राजधानीको केही भाग, विशेष गरी मध्य र नयाँ दिल्लीको ट्राफिकमा ठूलो असर पर्न ट्राफिक प्रहरीले बताएको छ । साथै ट्राफिक जामबाट बच्न सर्बसाधरण सुचित गरिएकाे छ ।

दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भारतले गुजरातको अहमदाबाद भव्य स्वागत गरेको थियाे । मोटेरो स्टेडियममा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पले करिब एक लाख मानिसलाई सम्बोधन गरेका थिए । ट्रम्पले हिजो ताजमहलको अवलोकन गरेलगतै राजधानी नयाँ दिल्ली प्रस्थान गरेका थिए ।दिल्लीमा माेदि र ट्रम्प बिच विभिन्न बिषयमा सम्झौता गर्ने कार्यक्रम रहेको भारतीय अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपति ट्रम्पसँग पत्नी मेलानिया, छोरी इवान्का र ज्वाई जेराड कुशनर पनि भ्रमण टोलीमा हुनेछन्।