मगर स्थापना दिवसको अवसरमा पाल्पामा सार्वजनिक विदा

everest kitchen


पल्पा । फागुन १५ मा परेकाे मगर स्थापना दिवसको अवसरमा पाल्पाका ४ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् ।

३८ औ मगर स्थापना दिवसको अवसरमा पाल्पाका रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका र माथागढी गाउँपालिकाले प्रेस बिज्ञप्ती निकाल्दै सार्वजनिक बिदा दिएको जनाएका छन ।

मगर समुदायको बाक्लाे जनसंख्या रहेकाे पाल्पामा मगर समुदायले दिवसकाे अवसरमा बिभिन्न कार्यक्रम गर्दै मनाउने तयारि गरेका छन । २०३९ साल फागुन १५ मा लाङघाली परिवार संघकाे स्थापनाकाे सम्झनामा मगर दिवस मनाउँदै अाएकाे छ ।