ट्रम्प भ्रमणकै क्रममा दिल्लीमा हिंसा भड्किँदा सुरक्षाकर्मीसहित सात जनाको मृत्यु

everest kitchen
photo facebook

काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु भएकाे छ ।

प्रदर्शनकाे क्रममा उत्पन्न झडबबाट सामबार घाईते भएका थप तीन जनाकाे मङगलबार मृत्यु भएकाे भारतीय सञचारमाध्यमले जनाएका छन । साेमबार चार जना र मङगलबार तीन जना गरि अहिलेसम्म ७ जनाकाे मृत्युु भएकाे जनाएको छ।

भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदि वार्ताको तयारी गर्दैगर्दा साेम्बार राजधानी दिल्लीका केही भाग तनाव उत्पन्न भएकाे थियाे । यधपी भारत भ्रमणमा रहेका ट्रम्प र माेदि बिच मङगलबार भेटवार्ता हुदैछ । यधपी भारतीय पक्षले सुरक्षा संयन्त्र कडा पारिएकाे बताएको छ ।

भारतमा विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर लामाे समय देखि बिराेध हुदै अाएकाे छ ।