मिस नेपाल २०२० काे आवेदन खुल्ला

everest kitchen
fille photo

काठमाडौं । मिस नेपाल २०२० काे खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।

छनौट चरणको अडिसन काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान, बिर्तामोड लगायत ९ शहरमा हुने अायाेजकले बताएको छ । प्रतियोगितामा १९ वर्षदेखि २६ वर्षसम्मका, ५।४ इन्च हाइट भएका अबिवाहित नेपाली युवतीले माात्र सहभागि हुन पाउनेछन् ।

प्रतियोगिले मार्च २७ सम्म अावेदन फर्म निशुल्क भर्न सक्नेछन् । अावेदन हिडन ट्रेजरको कार्यलय तथा मिस नेपाल वेभसाइटबाट समेत सिधै भर्न सकिने व्यवस्था गरिएकाे छ ।