भक्तपुरको जडिबुटी – सूर्यविनायक सडकखण्डमा आजबाट यसरी लेन छुट्टयाईदै

everest kitchen

भक्तपुर । भक्तपुरको जडिबुटी – सूर्यविनायक सडकखण्डमा अाजबाट लेन छुट्टयाईदै । यात्रुवाहक, मालवाहक लगायत कम गतिमा गुड्ने सवारीसाधन र उच्च गतिमा गुडने सवारी साधनकाे लागि सडक लेन छुट्याइने भएको हाे ।

उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चलनअनुसारकाे सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा नयाँ व्यवस्था गर्न लागिएको बताएकाे छ । नयाँ नियम अनुसार यात्रुवाहक तथा मालवाहक सवा रीसाधन र कम गतिमा गुड्ने सवा रीसाधन बायाँ लेनबाट र निजी तथा साना सवारीसाधन सधैँ दाहिने लेनबाट मात्र चल्न पाउनेछन् ।

याे नियम यहि फागुन १४ गते सूर्यविनायकबाट कार्यक्रम उद्घाटन गरि लागु गरिदै छ ।