राष्ट्रपति भण्डारीकाे सुदुरपश्चिम भ्रमण , भवन उद्घाटन तथा पुजापाठ गर्ने

everest kitchen

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार सुदूरपश्चिम प्रदेशको भ्रमणमा जादै छिन । राष्ट्रपति भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रमकाे उद्घाटन गर्ने बताएको छ ।

बुधबार कैलालीको धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सव, बिहीवार बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा  र दशरथचन्द नगरपालिकाका तर्फवाट नागरिक अभिन्नदन गरिनेछ , भने साेहि ठाउँ नजिकै भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्रावासको उदघाटन गर्ने कार्यक्रम रहेको बताएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीले सुदुरपश्चिमका बिभिन्न मन्दिरमा पुजाअाजा र नागरिक अभिनन्दन ग्रहण गर्ने बताएको छ । राष्ट्रपति भ्रमणलाई मध्यनजर गरेर केहि नगरले सार्वजनिक विदा समेत दिईएकाे छ ।