पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण देशभर बर्षात

everest kitchen


काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही के स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा बबरमहलले जनाएको छ ।

अाज काठमाडौंकाे माैसममा केहि चिसाे बर्षातकाे सम्भावना देखिएकाे छ । उपत्यकामा आज बिहान मौसम खुले पनि साँझपख वर्षा हुने महासाखाले उल्लेख गरेकाे छ । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

ॅउक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने र
भोलि देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।