म लगायत सम्पुर्ण पूर्वप्रधानमन्त्रीहरुकाे सम्पत्ति छानबिन हाेस : पूर्वप्रधानमन्त्री भट्टराई

everest kitchen


काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । संसदमा समय लियर बाेल्दै भट्टराईले यस्तो माग राखेका हुन ।

भट्टराईले प्रधानमन्त्रीकाे तेह्रथुमकाे प्रधानमन्त्रीको बुकुराे घर भन्दा गाेरखामा रहेकाे अाफ्नाे घर राम्राे भएकाे बताएका छन । उनले गाउँमा सानो झुप्रो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए रु प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरे । साथै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली लगायत अाफु र पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न पनि माग गरेका छन ।

भट्टराईले प्रश्न गर्दै भने , “म लगायत हामी सबै हिजो त साथीहरुले दिएको लुगा , चप्पल लगाएर हिँडेका थियौँ । आज हामी कसरी सुटेड बुटेड भएका छौँ रु कसरी चिल्ला कार चढेर हिँडिरहेका छौँ रु कसरी हाम्रा महल छन् रु’

अहिले देखिएको दृश्य कमाइले काठमाडौमा कसैगरि पनि महल बनाउने हैसियत नहुने दावी भट्टराईले दावी गरे ।