७० हजार घुस सहित वाड अध्यक्ष पक्राउ

everest kitchen


बुटवल । रुपन्देहीमा घुस सहित वाडअध्यक्ष पक्राउ परेका छन । जिल्लाको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रबण कुमार यादव ७० हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ परेका हुन ।

चार किल्ला सिफारिस गर्न सेवाग्राहीसंग ७० हजार घूस मागेको जानकारी पछि अख्तितयार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले घुस लिदै गर्दा बुधबार पक्राउ गरेको बताएको छ ।

अख्तियारको नियन्त्रणमा रहेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाले जनाएको छ ।