मलेसियामा नयाँ सम्झौता अनुसारको तलब नपाए दुतावासमा उजुरी गर्नुहाेस


ईश्वर राई
क्वालालम्पुर । नेपाल सरकार र मलेसिया सरकार बिच नयाँ श्रम सम्झौता भएपछि श्रमिकले न्यूनतम तलव पनि बढेको छ । सम्झौता अनुसार बढेको न्युनतम तलब फेब्रुअरी १ देखि लागू भएकोछ । यदि नयाँ सम्झौतामा उल्लेख भएको न्युनतम तलब नपाएमा नेपाली दुतावासमा मलेसियामा उजुरी गर्न आह्वान गरेको छ ।

नयाँ श्रम सम्झौता भए पछि मलेसिया रहेको श्रमिकहरुको न्युनतम तलब एक हजार दुई सय मलेसिया रिंगेट भएको छ । कुनै पनि नेपाली श्रमिकले नयाँ सम्झौता अनुसारको तलब नपाएमा नेपाली दुतवास मलेसियामा इमेल वा निबेदन पेस गरी तुरुन्तै उजुरी गर्न मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले आग्रह गरे ।

दुतावासमा उजुरी आए पछि सम्बन्धित कम्पनीलाई इमेल वा चिठि मार्फत नयाँ सम्झौता अनुसारको तलब दिनको लागि चेतावनी दिने र त्येसलाई इन्कार गरे लेभर डिपार्टमेन्टमा उजुरी गरी मलेसिया सरकारको कानुन बमोजिमको कार्बाहिको दाहेरामा ल्याउने राजदुत पाण्डेले बताए ।

दुतावास आउन र निबेदन पेस गर्न असमर्थ भएमा नेपाली दुतवास मलेसियाको ईमेल [email protected] र हटलाईन ०१६-२४७२७७७ ह्वाटसएपबाट पनि उजुरी गर्न सकिनेछ ।