बाबुराम भट्टराईकाे माग प्रति काङ्ग्रेस नेता गगन थापाकाे सहमत

everest kitchen


काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संसदमा राखेकाे माग प्रति काङ्ग्रेस नेता गगन थापाले सहमत जनाएका छन ।

सांसद तथा काङ्ग्रेस युवा नेता थापाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन “बाबुराम ज्यूको भनाइसँग पूर्ण सहमत।‬
‪प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानबिन गराैँ।‬‪यस्तो जिम्मेवारी लिएका/लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔँ।

बुधबार संसदमा समय लियर बाेल्दै भट्टराईले प्रधानमन्त्रीकाे तेह्रथुमकाे प्रधानमन्त्रीको बुकुराे घर भन्दा  गाेरखामा रहेकाे अाफ्नाे घर राम्राे भएकाे बताउदै ” गाउँमा सानो झुप्रो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?  प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरेका थिए । साथै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली लगायत अाफु र पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न पनि माग गरेका थिए  ।