चीनको हुबेई प्रान्तबाट उद्दार गरेर ल्याईएका नेपाली स्वास्थ

everest kitchen


काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन ।

चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १३औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा राखिने बताए पनि १४ अाैं दिन भने उनीहरु घर फर्कन पाउने छैनन । दोस्रो चरणको जाँचको रिपोर्ट नआएसम्म उनीहरू घर जान नपाउने भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका संकटकालिन स्वास्थ्य उपचार एकाइका प्रमुख तथा मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार ” संकलन गरिएको नमूना परीक्षणको रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने हुँदा उनीहरू १६ वा १७ औं दिनमा मात्र घर जान सक्ने उनले बताए।